Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मध्यरातको वार्तापछि ब्यूँतिएको एमाले कार्यदलको बैठक विगतको समीक्षा गर्दै भोलि बस्नेगरी टुंगियो


    सोमबार, असार २१ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति उपाध्यक्ष डा. भीमबहादुर रावललाई बालुवाटारमा बोलाएर छलफल गरेपछि ब्यूँतिएको एमालेको कार्यदलको आजको बैठक बैठक भोलि बस्नेगरी टुंगिएको छ । सिंहदरजारमा बसेको आजको बैठक सकारात्मक बनेको बताइएको छ ।

    सिंहदरबारमा सम्पन्न कार्यदलको बैठक विगतको समीक्षा गर्दै टुंगिएको छ । कार्यदलको बैठक भोलि १ बजे पुनः बस्ने भएको छ ।

    कार्यदलमा संस्थापन पक्षका तर्फबाट संयोजक सुवास नेम्वाङ छन् भने सदस्यहरूमा विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाल र प्रदीप ज्ञवाली छन् । माधव नेपाल पक्षका संयोजक भीम रावल छन् भने सदस्यहरुमा घनश्याम भूसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

    बैठकपछि उपाध्यक्ष भीम रावलले कसरी पार्टीलाई एकताबद्ध बनाउन सकिन्छ भन्नेबारे भोलिदेखि थप घनीभूत छलफल हुने बताएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले नै माधव नेपाल पक्षभित्र हार्डलाइनर मानिने उपाध्यक्ष भीम रावललाई बालुवाटारमा बोलाएर वार्ता गरी कार्यदल ब्यूँताएपछि एमालेमा एकता हुने झिनो आशा जागेको महसुस कार्यकर्ता पंक्तिले गर्न थालेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार