काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनको बहस सोमबार सकिँदैछ ।
गत आइतबार रिट निवेदक पक्षको बहस सकिपछि सोमबारदेखि विपक्षीको तर्फबाट सरकारी वकिल र कानुन व्यवसायीहरुकाे बहस सुरु गरेका थिए सरकारी तर्फबाट शुक्रबार बहस सकिएसँगै आइतबार सभामुख अग्नि सापकोटा पक्षका वकिलहरुले बहस गरेका थिए ।
यसैक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले धारा ७६ (५) को व्यवस्था स्थायित्वको लागि हो कि खाली प्रधानमन्त्री नियुक्तिका लागि मात्रै हो भनेर प्रश्न गरेका छन् ।
धारा ७६ (५) अनुसार शेरबहादुर देउवाको दावीले संसदको बाँकी कार्यकाल पुरा हुन्छ भनेर भन्न सकिन्छ भनेर पनि जबराले सोधेका छन् । ‘तपाईहरुले जुन निवेदन दिनुभएको छ, बाँकी अवधि कार्यकाल पुरा गर्न सकिन्छ भन्ने हो ?’ जबराले सोधे– ‘संसद स्थायित्व हुन्छ भनेर यसले सार्थकता दिन्छ ?’
वरिष्ठ अधिवक्ता दाहालले जवाफ दिए –‘सार्थकता दिन्छ भनेर नै हामी आएका हौं ।’ विकल्प रहेसम्म संसद विघटन हुन सक्दैन भन्ने संवैधानिक व्यवस्था रहेको दाहालले जिकिर गरेका छन् ।
उनलाई जबराले अर्को प्रश्न पनि सोधे– ‘फागुन ११ मा फैसला गर्दा एमालेको विकल्पमा सरकार बन्ने सम्भावना छ भनेर अदालतले फैसला गरेको थियो तर, अहिले त एमाले बाहेक सरकार बन्ने अवस्था त देखिएन हैन् ?’
जवाफमा दाहालले अहिले कुनै दलको नाम लिएर प्रधानमन्त्रीमा दावी नगरिएको बताए । उनले जवाफमा भने– ‘अहिलेको मुल प्रश्न भनेको संविधानको रक्षा कसरी हुन्छ भन्ने हो, संसद जिवित राख्नका लागी धारा ७६ (५) को व्यवस्था गरिएको हो ।’
इजलासमा प्रधानमन्त्री तर्फका कानुन व्यवसायीले ठाडोपन देखाएको दाहालले आरोप लगाए । उनले भने– ‘जुन किसिमको ठाडोपन देखाउनुभो, यहाँ मर्यादित हुनुपर्थ्यो ।’
राष्ट्रपतिको नाममा परमादेश जारी हुनसक्ने उल्लेख गर्दै दाहालले फागुन ११ को फैसलाले पनि राष्ट्रपति कार्यालयको नाममा त्यस्तो परमादेश जारी गरेको बताए ।
प्रधानमन्त्रीको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुशील पन्त र अग्नि खरेलले ७६ (५) उपधारा (२) अनुसारकै धारा भनेकोमा सो बहसलाई दाहालले खण्डन गर्दै भने– ‘धारा ७६ (२) मा जस्तै दलको समर्थन चाहिने भए, ७६ (५) किन राख्या त ?’
प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend