Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विदेशबाट छिमेकी मुलुकलाई धमाधम खोप सहयोग आउँदा नेपालका प्रधानमन्त्री भने सत्ता मोहमै लिप्त !


    सोमबार, असार २१ २०७८
    815
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । डेनमार्कले दक्षिण एसियाली मुलुक भुटानलाई अक्सफोर्ड–अस्ट्राजेनेकाले विकास गरेको २ लाख ५० हजार मात्रा खोप सहयोग गर्ने भएको छ ।

    गत शुक्रबार डेनिस सहयोग निकाय डानिडाले भुटानी जनतालाई कोभिड–१९ विरुद्धको खोप आवश्यक परेको उल्लेख गर्दै सहयोग गर्ने निर्णय गरेको हो । 

    डेनमार्कलाई पर्याप्त भएपछि भण्डारण गरेर राखिएको खोपमध्येबाट भुटानलाई दिन लागिएको हो । डेनमार्कसँग नेपालले पनि खोप सहयोग मागेको थियो । तर, उसले सोझै दिन चाहेन ।

    यस्तै, अमेरिकाले शुक्रबार नै कोभ्याक्समार्फत दक्षिण एसियाकै अर्को मुलुक पाकिस्तानलाई २५ लाख मात्रा मोर्डना खोप उपलब्ध गराएको छ । उक्त खोप इस्लामावादमा पुगिसकेको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ । 

    यसैगरी अमेरिकाले बंगलादेशलाई पनि २५ लाख मात्रा मोर्डना खोप दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जेठ १० मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अमेरिकाबाट जोन्सन एन्ड जोन्सनको खोप ५० लाख मात्रा खरिद गर्न पत्राचार गरेको जनाएको थियो । यसका लागि नेपाली दूतावासमार्फत अमेरिकी अधिकारीहरूसँग पहल भए पनि सफल हुन सकेको छैन । अर्कोतर्फ राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १३ गते अमेरिकी राष्ट्रपति जो बाइडेनलाई खोप सहयोगका लागि पत्र पठाएकी थिइन् । तर राष्ट्रपति भण्डारीको उक्त पत्रको कुनै अत्तोपत्तो छैन। 

    यता डेनमार्कले भुटानलाई र अमेरिकाले पाकिस्तान र बंगलादेशलाई खोप दिनुले भने नेपालको कूटनीतिक क्षमता नपुगेको हो कि वा नेपाललाई पश्चिमी मुलुकहरूले नपत्याएका हुन् भन्ने प्रश्न उठेको छ । 

    पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली सत्ता र आधिकारिकता दाबीमा लिप्तहुँदा खोपका लागि उचित पहल नभएको बुझ्न सकिन्छ । प्रधानमन्त्री ओली कोरोना खोपका लागि भन्दा पनि पार्टी भित्रको आन्तरिक झमेलामा फसेका कारण खोपको पहल गर्न असमर्थ रहेका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार