Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले विभाजनका कारक ओली, एकता अभियानमा लागेका नेताहरू पनि आक्रोशित


    आइतबार, असार २० २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले २०७७ फागुन २३ मा नेकपाको एकता खारेज गरी एमाले र माओवादी पार्टीलाई ब्यूँताएपछि केपी शर्मा ओलीले शृंखलाबद्ध रुपमा आफ्ना सहयोद्दाहरुको अपमान गर्ने क्रम जारी छ । माधव नेपाल र झलनाथ खनालसहितका बरिष्ठ नेताहरुको अपमान गर्नका लागि तुच्छभन्दा तुच्छ शब्द समेत ओलीको मुखबाट निस्किइरहेको छ । ओली एमालेका अध्यक्षमात्र होइनन्, प्रधानमन्त्री पनि हुन् , तर मुलुलको प्रधानमन्त्रीले प्रयोग गर्ने शब्द सुन्दा जोकसैले शीर झुकाउनुपर्ने खालका छन् । यति अशिष्ट र अमर्यादित शब्द त्यो पनि सहयोद्धाहरुको सवालमा प्रकट गर्ने प्रधानमन्त्री इतिहासमा कोही पनि नभएको टिप्पणी हुँदैआएको छ ।

    ओलीका यी तमाम अपमानजनक ब्यवहार सहेर पनि पार्टी एकताको पक्षमा अहोरात्र लागेका घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्ट र भीम आचार्यहरु पनि शनिबार केन्द्रीय कमिटीले एकतर्फी रुपमा गरेका निर्णयबाट आक्रोसित भएका छन् ।  पार्टी एकताको माहौल बन्दै गइरहेको बेला ओलीले शनिबार बालुवाटारमा एकतर्फी रुपमा बैठक राखी जुन निर्णय गरेका छन्, त्यसले एकताका पक्षमा रहेका युवाहरुलाई समेत धोका भएको महसुस भएको छ । 

    ओली प्रवृत्तिसँग भुक्तभोगी बरिष्ठ नेता माधवकुमार नेपालले उनी एकताप्रति इमान्दार छैनन् भन्दा पनि युवानेताहरु कार्यदलको नाममा वार्तामा लचक अपनाउँदैआएका थिए । तर ओलीले एकताका लागि शनिबारको केन्द्रीय कमिटी बैठक स्थगित नै नगरी मनपरी निर्णय गरेपछि उनीहरु पनि आक्रोसित भएका हुन् ।  

    एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार गरेका एकपक्षीय निर्णय दुभाग्यपूर्ण रहेको बताउँदै तत्काल खारेज गर्नुपर्ने बताएका छन् । गृह जिल्ला ताप्लेजुङ पुगेका भट्टराईले आइतबार पत्रकारहरूसँग ओलीको शनिबारको दुर्भाग्यपूर्ण निर्णयले देशभरका कार्यकर्तालाई निराश बनाएको बताए । ‘फेरि एक पटक एकपक्षीय यी निर्णयहरु खारेज गर्नुपर्छ र फेरि सहमतिमा फर्कनु पर्छ ।’ उनको भनाइ थियो ।

    त्यस्तै अर्का नेता गोकर्ण बिष्टले पनि शनिबारको केन्द्रीय कमिटीको एकतर्फी बैठक राखेर निर्णय गर्नाले एकताको वातावरण बिग्रिएको बताएका छन ।
    बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालदेखि एमाले निर्माण गर्नेहरुको अपमान गर्दै ओलीले एक्लौटी ढंगले प्रधानमन्त्रीको सरकारी निवासमा गुटको भेला राखेर केन्द्र्रीय कमिटीको निर्णय  भन्दै पूर्वमाओवादीका नेताहरुलाई केन्द्रीय सदस्य मनोनीत गर्ने, नवौं महाधिवेशनले निर्वाचित गरेको नेतृत्वलाई अपदस्थ गरी दसौं महाधिवेशन आयोजक समिति बनाउने जस्ता एकपछि अर्को मनपरी निर्णय गर्दै गए । त्यसको बिरोध गर्ने नेताहरुलाई कारबाही गर्ने क्रम सुरु गरे । तर पनि एकताको बाँसुरी बजाउँदैआएका युवानेताहरु शनिबार ओलीले गरेको एकतर्फी निर्णयबाट झस्किएका छन् । सर्वोच्च अदालतमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्र्दै दायर रिटबाट हस्ताक्षर फिर्ता नै लिएको भए पनि ओली एकताप्रति इमान्दार नहुने कुरामा बरिष्ठ नेता नेपालहरु जानकार छन् ।

    शनिबार एकतर्फी एकता भंग गरी अदालतको फैसलाको भोलिपल्ट असाधारण निर्णय गर्ने धम्की दिएका ओलीले आइतबार बिहानै सुवास नेम्वाङ, बिष्णु पौडेल र शंकर पोखरेललाई एकताको ललिपप देखाउन माधव नेपालको निवास पठाएका छन् । तर माधव नेपालले ओली एकताको पक्षमा नरहेको भन्ने जवाफ दिएर पठाएका थिए । कार्यदलबाट टुंग्याएर आए आफूलाई कुनै आपत्ति नहुने जवाफ नेता नेपालले ओलीको टोलीलाई दिएका थिए ।

    माधव नेपाल पक्षको मात्र होइन, सर्वोच्च अदालतले समेत जेठ २ मा फर्किन दिएको आदेश ओलीले लत्याएका छन् । र, एकतर्फी निर्णय गर्दैआएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार