Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • ओली पक्षीय नेताको आग्रह- ‘पार्टी एक छ’ भन्ने संयुक्त वक्तव्य निकालाैँ, अध्यक्षसँग भेटवार्ता गर्नुस्


    आइतबार, असार २० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूले नेता माधवकुमार नेपाललाई भेटेर ओली–नेपालको संयुक्त वक्तव्य निकाल्न प्रस्ताव राखेका छन् ।

    ओली पक्षका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल आइतबार बिहान नेता नेपालको निवास कोटेश्वर पुगेर यस्तो प्रस्ताव गरेका हुन् । माधव पक्षका नेता घनश्याम भुसालसमेत कोटेश्वरको छलफलमा सहभागी थिए ।

    ‘पार्टी एक छ’ भन्ने संयुक्त वक्तव्य निकालौँ, त्यसका लागि अध्यक्षसँग एकपटक भेटवार्ता गरौं’, ओली पक्षका नेताहरुले नेता नेपालसँग प्रस्ताव गरेका थिए ।

    उनीहरुकाे प्रस्तावलाई नेता नेपालले सकारात्मक लिँदै, कार्यदलबाट वक्तव्य ड्राफ्ट पारेर ल्याउन सुझाव दिएका थिए ।

    भेटमा नेता नेपालले हस्ताक्षर फिर्ताको प्रस्तावबारे आफूले यसअघि नै जवाफ दिइसकेको भन्दै हस्ताक्षर फिर्ताको कुनै सम्भावना नरहेको बताएका थिए ।

    नेता नेपालले पार्टी एकताका लागि निःशर्त जेठ २ फर्कन आफुले राखेको प्रस्तावलाई अध्यक्ष ओलीले वेवास्ता गरेर पार्टी एकता नचाहेको समेत बताएका थिए । 

    ‘एकता एकता भनेर मात्रै हुदैन, एकताका लागि मूर्त प्रयासहरु हुनुपर्छ । यस्तो अमूर्त कुरा गर्ने, अध्यक्ष आफै द्वन्द्व निम्त्याउने गरी अभिव्यक्ति दिने गरेर कसरी एकता हुन्छ ?’ नेपालले भने

    माधव पक्षका २३ सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छन् । ओली पक्षले ती सांसदको हस्ताक्षर फिर्ता गरेमात्रै एमाले एकता हुन सक्ने बताएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार