Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माधव नेपाल पक्षीय सांसदको बैठक, देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता नलिने


    शनिबार, असार १९ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका दोस्रो पुस्ताका नेताहरुको एकता प्रयास सार्थक हुन नसकेपछि संस्थापन पक्ष आक्रामक रुपमा माधव नेपाल समूहतिर खनिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको केन्द्रीय कमिटी बैठकमा सर्वोच्च अदालतको फैसलाको भोलिपल्ट असाधारण निर्णय गर्ने अभिब्यक्ति दिएका छन् ।

    ओलीको यो  अभिब्यक्ति अदालतले बिपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश अदालतले दिएमा त्यसलाई समेत अस्वीकार गर्न सक्ने धम्कीका रुपमा पनि लिइएको छ । माधव नेपाल समूहबिरुद्ध लक्षित जस्तो देखिए पनि ओलीको अभिब्यक्ति अदालततिर पनि लक्षित रहेको अनुमान लगाउने ठाउँ उत्तिकै छ ।

    ओलीले बालुवाटारमा केन्द्रीय कमिटी बैठक राखिरहँदा माधव नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने रिटमा हस्ताक्षर गर्ने सांसदहरुसँग बैठक राखेका थिए । बैठकले कुनै हालतमा हस्ताक्षर फिर्ता नगर्ने निर्णय गरेको छ । बैठकले ओलीको अवैधानिक केन्द्रीय कमिटीको बैठकले गरेको निर्णयलाई पनि अवैधानिक ठहर गरेको छ ।

    बैठकले ओलीकै कारण पार्टी विभाजनको बाटोतर्फ गएको र उनले नै पार्टी एकता गर्न नचाहेको निष्कर्ष निकालेको छ । माधव नेपाल पक्ष उस्तै परे नयाँ पार्टी नै निर्माण गर्नेतर्फ अगाडि बढ्ने भएको छ । तर अझै पनि पार्टी एकताका पक्षमा पहल गर्न भने नछाड्ने बताएको छ । 

    एमालेको केन्द्रीय कमिटी बैठकले देउवाको पक्षमा हस्ताक्षर गर्नेहरुले सोमबारसम्म फिर्ता नलिए पार्टीमा रहन नसक्ने बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार