Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ४ हजार १७ जना संक्रमणमुक्त हुँदा ३३ को मृत्यु


    बिहिबार, असार १७ २०७८
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । बिहीबार थप २७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा १० हजार ९ सय ८५ जनामा कोरोना परीक्षण गरिएको थियो ।

    ७१३० जनामा पिसिआर परीक्षण गरिएकोमा १८५७ र  ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जनामा संक्रमण देखिएको हो ।

    यस्तै कोरोनाबाट ४ हजार १७ जना संक्रमणमुक्त भएका छन् ।

    त्यस्तै थप ३३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९१४५ पुगेको छ ।

    यसैगरी निको हुने दर ९३.७ प्रतिशत छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार