काठमाडौं । बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा चिनियाँ भेरोसेल खोपको दोस्रो डोज असार २२ बाट लगाउने भएको छ ।
बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य कार्यालय काठमाडौंले सूचना जारी गर्दै खोप केन्द्र तोकेको हो ।
पहिलो मात्रा लगाएका नागरिकहरुलाई असार २२ देखि २४ गतेसम्म दोस्रो डोज खोप लगाउन लागेको हो । पहिलो मात्रा लगाएका नागरिकहरुले खोप कार्ड बोकेर खोप केन्द्रमा गएर खोप लगाउन सकिन्छ ।
कहाँ कहाँ लगाइन्छ काठमाडौंमा खोप ?
