काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार नै कमिसनमा लिप्त भएका कारण कोरोना बिरुद्ध खोप आउन नसकेको बताएका छन् ।
विपक्षी गठबन्धनले बुधबार नागरिक समाजका प्रतिनिधिहरुसँग गरेको छलफलमा कांग्रेस सभापति देउवाले पूर्व स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नै कमिसनका कारण खोप आउन नसकेको खुलासा गरिसकेको पनि बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार पनि गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्दैआए पनि ब्यवहारमा उनी कमिसनमा लिप्त छन् भन्ने कुरा निवर्तमान स्वास्थ्यमन्त्री त्रिपाठीले नै खोलेको देउवाको भनाइ थियो । ‘म दोष त दिन चाहन्नँ, तर प्रधानमन्त्रीको इच्छा विपरीत कमिसनको खेल हुन्छ ? देउवाले प्रश्न गरे ।
प्रधानमन्त्री केपी ओलीका निकट ब्यापारी सूरज बैद्य र बिजय दुगडको हुकाम डिस्ट्रिब्युसन एन्ड लजिस्टिक्स प्रालिले भारतको सेरम इन्स्टिच्यूटको कोभिसिल्ड सरकारले ल्याउन लागेको अवस्थामा रोकेको आरोप लागेको छ । सरकारले सेरमबाट २० हजार डोज कोभिसिल्ड खोप खरिदका लागि रकम भुक्तानी गरिसकेको अवस्थामा हुकामले आफूमार्फत् सरकारलाई बिक्री हुनुपर्ने र १० प्रतिशत कमिसन पाउनुपर्ने भन्दै कम्पनीमै गएर रोकेको बिषय सार्वजनिक भएको थियो ।
नेपाल सरकारले रकम भुक्तानी गरिसकेको १० हजार डोज कोभिसिल्ड खोप अहिलेसम्म पनि पाउन सकेको छैन । सेरमले २० हजार डोजपछि थप ५० हजार डोज सरकारलाई सहुलियत दरमा दिने भने पनि सूरज बैद्यहरुले हुकामले एजेन्सी लिएकाले सिधै सरकारलाई बिक्री गर्न नपाउने भन्दै रोकेपछि सिरमले नेपालको पैसा नै फिर्ता गर्ने प्रस्ताव राखेको बिषय उजागर भइसकेको छ ।
महामारीमा खोपको ब्यापारबाट अकूत कमाइ हुने देखेर प्रधानमन्त्री ओलीकै योजनामा बैद्यहरुले सिरमको एजेन्सी लिएको स्रोत बताउँछ । ओलीका निकट ब्यापारी यतिका आङछिरिङ शेर्पा थिए । उनको निधनपछि बैद्य ओलीका निकट हुन् । उनको बालुवाटारमा आवतजावत बाक्लो छ । उनलाई पर्यटनको प थाहा नभए पनि ओलीले भिजिट २०२० को संयोजक बनाएका थिए ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend