Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभा पुनःस्थापना भए झनै समस्या हुन्छः नायब महान्यायाधिवक्ता पाण्डेय


    मंगलबार, असार १५ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा विपक्षीको तर्फबाट बहस सुरु भएको छ । 

    संवैधानिक इजलासमा आइतबार रिट निवेदक पक्षको बहस सकिएकाले सोमबारदेखि विपक्षीको तर्फबाटसरकारी वकिल र कानुन व्यवसायीहरुकाे बहस सुरु भएकाे हाे । 

    यसैक्रममा सरकारको पक्षबाट बहस गर्दै नायव महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले प्रतिनिसभा पुनःस्थापना भएमा झनै समस्या सिर्जना हुने तर्क गरेका छन् ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा बहस गर्दै उनले प्रतिनिधिसभा पुनःस्थापनापछि झन समस्या हुने तर्क गरेका हुन् ।

    “विगतमा संसद् पुनःस्थापना भएपछि राजनीतिक अवस्था झन बिग्रीएको छ, अहिले पुनःस्थापना भएपछि झन् ठूलो समस्या आउँछ”, पाण्डेयले भने, “संसद् पुनःस्थापना भएपछि राजनीतिक समस्या समाधान नहुने कुरा बाहिर आइरहेको छ, त्यसकारण रिट जारी हुनु हुँदैन ।”

    न्यायाधीश खतिवडाले अदालतकै कारण राजनीतिक अस्थिरता भएको हो भन्ने भन्ने प्रश्नमा उनले अदालत पनि राजनीतिक अस्थिरताको कारण भएको उत्तर दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार