Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फ्रान्समाथि स्वीजरल्याण्डको सनसनीपूर्ण जित, ६७ बर्षपछि क्वाटरफाइनलमा प्रवेश


    मंगलबार, असार १५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । साविकको युरोकप उपविजेता तथा विश्वकप बिजेता फ्रान्सलाई हराउँदै स्वीजरल्याण्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    सोमबार राति रोमानियामा भएको प्रि-क्वाटरफाइनलको खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै स्वीजरल्याण्ड अन्तिम आठमा पुगेको हो ।

    रोमान्चक खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । 

    पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरे  भने केलियन एमबाप्पे गोल गर्न चुके । एमबाप्पेको प्रहार स्वीजरल्याण्डका गोलकिपर यान सोमेरले बचाए ।

    यस्तै, स्वीजरल्याण्डका मारियो गाभ्रानोभिच, फाबियन,  अकान्जी  म्यानुएल,  रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गरे । यससँगै स्वीजरल्याण्ड क्वाटरफाइनलमा पुग्ने छैटौं टिम बनेको छ । 

    स्वीजरल्याण्ड ६७ वर्षपछि पहिलो पटक मुख्य प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । यस अघि स्वीजरल्याण्ड १९५४ को विश्वकपमा क्वाटरफाइनल पुगेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार