काठमाडौं । प्रधानमन्त्रीको पदीय मर्यादाकै ख्याल नगरी केपी ओलीले सोमबार दिएको अभिब्यक्ति विवादमा परेको छ । मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्रीको सरकारी निवासमा आयोजित कार्यक्रममा ओलीले पार्टीका बरिष्ठ नेता माधव नेपाललाई मानमर्दन हुने अभिब्यक्ति दिएका थिए । ओलीले भनेका थिए– माधव नेपाललाई प्रधानमन्त्री दिन आफूलाई बहुलाहा कुकुरले टोकेको छ र ? शनिबार माधव नेपालले राजनीतिक बिटमा समाचार लेख्ने पत्रकारहरुसँगको भेटमा भनेका थिए–आफूलाई प्रधानमन्त्रीको अफर आएको तर विपक्षी गठबन्धनलाई धोका नदिने अभिब्यक्ति दिएका थिए । नेपालको त्यो अभिब्यक्तिबाट ओली आक्रोसित भएको आजको उनको असन्तुलित अभिब्यक्तिबाट पुष्टी भएको छ ।
ओली प्रधानमन्त्री हुन्, उनले पदको गरिमा कायम राखेर अभिब्यक्ति दिनुपर्नेमा असन्तुलित भएर दिएको टिप्पणी सामाजिक संजाल र मिडियामा भइरहेको छ । यसैक्रममा एमालेका नेता तथा बिघटित प्रतिनिधिसभाका सांसद मेटमणि चौधरीले जस्तालाई तस्तै भन्दै ओलीलाई बहुलाहा कुकुरले टोकेकाले रेबिजको भ्याक्सिन दिनुपर्ने टिप्पणी सामाजिक संजालमा लेखेका छन् ।
चौधरीले ओली भारतको इशारामा नेपालमा अस्थिरता मच्चाउन जे जे गर भन्छ त्यही त्यही गरिरहेको आरोप पनि लगाएका छन् ।
चौधरीले लेखेका छन्–‘ओली नामको ब्यक्तिलाई साँच्चिकै बहुला कुकुरले टोकेकोले रेबिजको भ्याक्सिन दिनु पर्दछ जस्तो लाग्यो । जहाँसम्म पुच्छरको कुरो छ, मध्यरातमा जनता र देश निदाएको घडीमा सामन्त गोयलसँग बालुवाटारमा भएको भेटकै दिनदेखि नै सबै नेपाली जनताले पुच्छर पलाएको प्रत्यक्ष देखेका हौं । र, पुच्छरको बिशेषता के हो भने टाउको जता जान्छ, पुच्छर नि उतै जाने हो । भारतले नेपालमा अस्थिरता चाहन्छ । त्यसैले ओलीले पनि नेपालमा अस्थिरताका लागि जे जे गर्नुपर्ने हो त्यही गरिरहेका छन् । सबैलाई घाम जत्तिकै स्पष्ट छ ।’
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend