काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद खारेज गर्न दिएको अन्तरिम आदेशका बिरुद्ध नेकपा(एमाले) भ्याकेटमा जाने भएको छ । प्रधानमन्त्री केपी ओलीले २०७८ जेठ ७ गते मध्यरातमा निर्वाचन घोषणापछि गरेको मन्त्रिपरिषद पुनर्गठनलाई सर्वोच्च अदालतको २०७८ असार ८ को आदेशले खारेज गरेपछि एमाले भ्याकेटमा जाने भएको छ । सर्वोच्चले आदेश दिएको १५ दिनभित्र फैसलामा चित्त नबुझेमा कारणसहित भ्याकेटमा जान सक्ने ब्यवस्था छ ।
जेठ २७ मा विनाविभागीय मन्त्री नियुक्त भएका र सर्वोच्चको आदेशसँगै पदमुक्त भएका मोहन बानियाँले मन्त्रिपरिषदको नियुक्ति खारेज गर्ने निर्णयबिरुद्ध भ्याकेटमा जानेबारेमा छलफल भइरहेको बताएका छन् । नेपाल फेससँग कुरा गर्दै उनले भने–‘सर्वोच्च अदालतको आदेशबिरुद्ध भ्याकेटमा जानेबारेमा पार्टीमा छलफल भइरहेको छ । यसअघि शेरबहादुर देउवाले निर्वाचन घोषणापछि गरेको मन्त्रिपरिषद गठनका बिरुद्ध परेको रिट खारेज गरेको तर्क सरकार पक्षको छ ।
यसअघि प्रधानमन्त्री केपी ओलीले एमालेको केन्द्रीय कमिटी भंग गर्दै गठन गरेको दसौं महाधिवेशन आयोजक समितिले गरेका निर्णयले मान्यता नपाउने सर्वोच्चको आदेशका बिरुद्ध पनि भ्याकेटमा गएको छ ।
प्रधानमन्त्री ओलीले गएको जेठ २१ र २७ मा गरी २० नयाँ मन्त्री नियुक्त गरेका थिए । सर्वोच्चको असार ८ को आदेशले २० मन्त्रीको नियुक्ति बदर भएको छ । प्रधानमन्त्रीबाहेक ४ मन्त्रीले २१ मन्त्रालयको कामकाज गर्दैआएका छन् । रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैं राखेका छन् । अरु २० मन्त्रालयका कामकाज बिष्णुप्रसाद पौडेल, वसन्तकुमार नेम्वाङ, कृष्णगोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठले गर्दैआएका छन् । हरेक मन्त्रीलाई ५ वटा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend