Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीको बैठकमा माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव, के भने ओलीले ?


    आइतबार, असार १३ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेकपा एमाले संस्थापन केपी शर्मा ओली र माधवकुमार नेपाल समूहमा विभाजित भएर आन्तरिक विवादमा फसिरहेको समयमा समाधानका लागि दुवै समूहले कार्यदल गठन गरेर प्रयास पनि गरिरहेका छन् ।

    समाधानका लागि नेताहरुले आन्तरिक तथा द्विय पक्षीय छलफल गरे पनि विवाद समाधानभन्दा पनि उत्कर्षतर्फ अघि बढेको छ ।

    आइतबार संस्थापन पक्षले १०औँ महाधिवेशन आयोजक कमिटीको बैठक राखेको थियो । सो बैठकमा नेताहरुले पार्टी एकताका लागि लचकता अपनाउन अध्यक्ष ओलीसहितका नेतृत्वमाथि दबाब सृजना गरेका छन् ।

    पार्टीलाई विभाजनबाट रोक्नुपर्नेमा जोड दिँदै उनीहरुले पार्टी एकताको विकल्प सोच्न नहुनेमा जोड दिएका बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन् । 

    यसैक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पृथ्वीसुब्बा गुरुङले एमालेको एकताका लागि माधवकुमार नेपाललाई अध्यक्ष बनाउनबाट पछि हट्न नहुनेमा जोड दिए । 

    नेता गुरुङले माधव नेपाललाई अध्यक्ष बनाउन पार्टी एकता हुन्छ भने यसबाट पछि हट्न नहुने प्रस्ताव गरेका हुन् । साविक नेकपाका बेला प्रचण्डलाई अध्यक्ष, विधानमै नभएको वामदेव गौतमलाई उपाध्यक्ष बनाइएको स्मरण गराउँदै नेता गुरुङले पार्टी एकता हुन्छ भने नेता नेपाललाई अध्यक्ष बनाउनुपर्ने प्रस्ताव गरेका हुन् । 

    उनको प्रस्तावप्रति अध्यक्ष ओलीसहित अन्य नेताहरुले प्रतिक्रिया जनाएनन् । तर, पार्टी एकताका लागि भने जिम्मेवार भएर लाग्नुपर्नेमा नेताहरुको जोड छ । अहिले एमालेको एकता पहिलो शर्त भएकाले अध्यक्ष ओलीलाई सोहीअनुसार अघि बढ्नुपर्नेमा नेताहरुले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार