काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले निर्वाचनमार्फत नै वर्तमान संटकको समाधान हुने बताएका छन्।
आइतबार विहान सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै अध्यक्ष थापाले वर्तमान अस्थिरता र संकट समाधानको सहज, प्रजातान्त्रिक र सवैधानिक बाटो चुनाव नै भएको जिकिर गर्दै निर्वाचनमार्फत नै वर्तमान संटकको समाधान हुने बताएका हुन्।
यस्तै, उनले प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरुले विदेशीलाई कम्फर्टेबल सरकार बनाइ भ्रष्टाचार, सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृंखला चलाउन खोजेको बताएका छन्।
चुनावको विरोध गर्ने विपक्षी गठबन्धनप्रति लक्षित गर्दै उनीहरु विदेशीलाई कम्फर्टेबल सरकार बनाइ भ्रष्टाचार, सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृखला चलाउन खोजेको उनको आरोप छ।
हालको अस्थिरता र संकट समाधानको सहज,प्रजातान्त्रिक र संवैधानिक बाटो चुनाव हो।
प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरूले प्रजातन्त्र र संविधानलाई बलियो बनाउन होईन,बिदेशीलाई ‘कम्फर्टेबल’ सरकार बनाई भ्रष्टाचार,सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृङ्खला चलाउन खोजेका छन्।— Kamal Thapa (@KTnepal) June 27, 2021
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend