काठमाडाैं । प्रतिनिधि सभा पुनर्स्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै देउवासहित १४६ सांसदले दिएको रिटमा निवेदकका वकिलको बहस आज सकिदैछ ।
अधिवक्ता डा. दिनमणि पोखरेलले शुक्रबार संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि निवेदकका तर्फबाट बहस गर्दै बहुमत सदस्यको हस्ताक्षर लिएर गएको अवस्थामा राष्ट्रपतिले शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने तर्क गरेका छन् ।
पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६ (३) बाट उपधारा ५ मा जाने बाटो छाडिसकेको अवस्थामा उपधारा ५ बमोजिम प्रधानमन्त्रीका लागि देउवाले नियुक्त गर्नुपर्ने दावी गरेको हुन् ।
उनले भने, ‘अब, राष्ट्रपतिको भूमिका भनेको अवस्था हेर्ने होइन । हाउसमा गएर विश्वासको मत लिन सक्छ कि सक्दैन भनेर हेर्ने काम राष्ट्रपतिको होइन ।’
उनले प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्नेमा कपटपूर्ण भाषा प्रयोग गरेर ‘मार्ग प्रशस्त गरेँ’ भनेको उल्लेख गर्दै ओलीबाट फेरि प्रधानमन्त्रीमा दावी गर्न नमिल्ने प्रस्ट पारे ।
‘मार्ग प्रशस्त भनेको त अर्काको लागि हो नि, अर्काको लागि बाटो छोडेर फेरि दावी गर्न मिल्दैन,’ उनले भने, ‘एमालेको हैसियतले अर्काको दावीमा किचलो झिकेर उहाँले गलत मनसाय राख्नुभएको छ । जसरी पनि आफ्नै नेतृत्वमा चुनावमा जाने प्रधानमन्त्रीको नियत देखिन्छ ।’
प्रधानमन्त्री बन्ने विकल्प हुँदासम्म प्रयास गर्नुपर्छ भनेर नै संविधानको धारा ७६ को उपधारा (५) मा व्यवस्था गरिएको उनको जिकिर छ । त्यस्तो अवस्थामा दलको नियन्त्रणभन्दा बाहिर गएर पनि सांसदहरुलाई सरकार बनाउने अधिकार दिनुपर्छ भनेर सो उपधाराको व्यवस्था गरिएको दावीसमेत उनले गरे ।
संसदमा एकपटक विश्वास गुमाएपछि संविधानका धारा बदलीबदली फेरि राष्ट्रपतिले केपी शर्मा ओलीलाई नै नियुक्त गर्न मिल्छ कि मिल्दैन भनेर उनले इजलास समक्ष प्रतिप्रश्न गरे ।
संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री बनेर ३० दिनभित्र विश्वासको मत लिन्छु भन्ने प्रधानमन्त्रीले विश्वासको मत नै नलिएका कारण राष्ट्रपतिले ‘यु आर नो मोर प्राइम मिनिस्टर’ भन्नुपर्थ्यो भन्ने उनको तर्क छ ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend