Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काँग्रेसका वरिष्ठ नेता पौडेल आफूनिकट केन्द्रीय सदस्यहरूसँग महाधिवेशन केन्द्रित छलफल गर्दै


    शुक्रबार, असार ११ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाएका छन् ।

    काँग्रेस केन्द्रीय सदस्य जीवन परियारका अनुसार महाधिवेशनबारे छलफल गर्न नेता पौडेलले शुक्रबार दिउँसो बैठक बोलाएका हुन् । 

    काँग्रेसकाे १४औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने गरी कार्यतालिका अनुमोदन भएकाे छ । 

    काँग्रेसमा महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि दौडधुप सुरु भएको छ । संस्थापन इतर समूहमा नेतृत्वका लागि आकांक्षीको संख्या धेरै छ । १४औं महाधिवेशनमा फेरि सभापतिमा उम्मेदवारी दिने पौडेलको आकांक्षा छ।

    नेता पौडेलले सामूहिक छलफल गरेर अगाडि बढ्ने बताएका छन् । पौडेलले यसअघि बिहीबारका लागि बैठक बोलाएका थिए तर विपक्षी गठबन्धनका शीर्ष नेताहरुले पत्रकारसँग अन्तर्क्रिया कार्यक्रम गर्ने समयसँग जुधेपछि स्थगित भएको हो ।

    काँग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्वमा दोहोरिन तयारी तीव्र पारेका छन् । उनले पहिलो चरणमा आफूनिकट केन्द्रीय सदस्यसँगको छलफल सकेको छन् । त्यस्तै उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा दाबी गरेका छन् । उनले सभापतिका आकांक्षीसँगको भेटघाट बढाएका छन् भने युवा नेताहरुसँग छलफल गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार