Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘ओलीलाई जसरी पनि प्रधानमन्त्री बनाउने राष्ट्रपतिको मनोविज्ञान’


    बुधबार, असार ९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध र संविधानको धारा ७६(५) अनुसार सरकार गठनका सन्दर्भमा दायर भएकाे रिटमाथिको आजकाे बहसमा अधिवक्ता गोविन्द बन्दीले राष्ट्रपतिमा जसरी पनि केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने मनोविज्ञान देखिएको बताएमा छन् ।  

    संविधानको धारा ७६(५)अनुसार सरकार बनाउन १४९ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाको नाम प्रस्ताव गर्दा पनि नियुक्त नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले जसरी ओलीलाई नै नियुक्त गर्न भूमिका खेलेको अधिवक्ता बन्दीले बताए । 

    बहस गर्दै इजलासमा उनले भने, ‘राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (१), धारा ७६ (२), धारा ७६ (३) र धारा ७६ (५) बमोजिमको प्रधानमन्त्री केपी ओली नै बन्नुपर्छ भन्ने मनोविज्ञानबाट काम गरेको देखियो ।

    सुनुवाइको पहिलो दिन बुधबार रिट निवेदकका तर्फबाट बहस भएकाे थियाे । सो क्रममा अधिवक्ता गोविन्द बन्दीले राष्ट्रपतिमा जसरी पनि केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने मनोविज्ञान देखिएको बताएका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार