Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीमा देउवाको दाबी पुग्दा पुग्दै किन संसद विघटन गरियो ?- खाती


    बुधबार, असार ९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । संसद विघटनविरुद्ध परेको रिटमा बुधबार संवैधानिक इजलासमा रिट निवेककको तर्फबाट खम्बबहादुर खाती र गोविन्द बन्दीकाे बहस जारी छ ।

    बहसमा वरिष्ठ अधिवक्ता खम्बहादुर खातीले प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी पुग्ने भए पनि दुरासय मनसायका साथ प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् ।

    प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका मुद्दामा बुधबार रिट निवेदकको पक्षबाट बहस गर्दै खातीले याँ सरकार बन्ने देखेपछि दुरासय मनसायका साथ  मध्यराति संसद विघटन गरिएको बताउदै १४९ सांसदको समर्थन प्राप्त शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश जारी मागसमेत गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक विश्वासको मत लिंदा ९३ मात्रै मत पाएर अल्पमतको सरकारमा परिणत भएपछि संविधानको धारा ७६(४) लाई नाघेर ७६(५) अनुसार सरकार गठनको आह्वान गर्ने राष्ट्रपतिको कदमप्रति उनले प्रश्न उठाएका छन् ।

    प्रधानमन्त्री ओलीले आफूलाई १५३ जनाको समर्थन रहेको दाबी दलको रुपमा मात्र भएको जिकीर गर्दै उनले सांसदको रुपमा नभएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार