Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले अध्यक्ष ओलीको भ्याकेट निवेदनमाथि सर्वाेच्चमा सुनुवाइ हुँदै


    मंगलबार, असार ८ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कर्णाली प्रदेशमा फ्लोर क्रस गरेका आफ्ना चार सांसदको पद पुनःस्थापना गर्ने सर्वाेच्च अदालतले दिएको आदेशविरुद्ध नेकपा एमालेले दिएको पुनरवलोकन निवेदन (भ्याकेट) बारे आज सुनुवाइ हुँदै छ ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीको तर्फबाट दर्ता भएको भ्याकेटको निवेदनमाथि न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ ।

    एमाले अध्यक्ष ओलीसहित कर्णाली प्रदेश सभा सचिवालय पनि भ्याकेटमा गएको छ । प्रकाश ज्वाला,नन्दसिंह बुढा,कुर्मराज शाही र अमरवहादुर थापालाई एमालेले ह्वीप उल्लंघनमा कारवाही गरेको थियो ।

    तर त्यसविरुद्ध माधव नेपाल पक्षले दिएको मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले गत जेठ २७ गते एमालेको महाधिवेशन आयोजक कमिटी पार्टीको आधिकारिक संरचना नभएकाले त्यसले गरेको कारबाही मान्य नहुने अन्तरिम आदेश जारी गर्दै ती ४ प्रदेश सांसदको पद पुनःस्थापना गरेको हो ।

    तर यो आदेश त्रुटिपूर्ण रहेको दाबी गर्दै ओली पक्षले दिएको पुनरवलोकन निवेदनको आज सुनुवाइ हुन लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार