Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रियताको रक्षाका लागि विपक्षी पाँच दल एकढिक्का भएकाे हाे – प्रचण्ड


    सोमबार, असार ७ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको बताउका छन् । 

    सोमबार पार्टी केन्द्रीय समितिको भर्चुअल बैठकलाई वर्तमान राजनीतिक परिस्थतिको ‘ब्रिफिङ’ गर्दै प्रचण्डले सो कुरा बताएका हुन् । उनले राष्ट्रियताको रक्षाका लागि अन्तिमसम्म लड्नुपर्ने निष्कर्षका साथ विपक्षी पाँच दल एक ठाउँमा उभिएको बताए । 

    उनले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको बताए । 

    यस्तै उक्त बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी  नेकपाबाट अर्को पार्टीमा  गएका १४ स्थानीय जनप्रतिनिधिलाई निष्काशन गर्ने पनि निर्णय गरेको छ । पार्टीले पाँच स्थानीय तहका प्रमुख, उपप्रमुख, चार वडाध्यक्ष र केही कार्यपालिका सदस्यलाई कारवाही गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार