काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गर्न निश्चित मापदण्ड निर्धारण गरेको छ ।
पार्टी केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा जिल्लाबाट ‘इन्ट्री’ गरी नाम प्रस्ताव गर्दा नवीकरण गर्न छुट भएको अवस्थामा यही असार ९ गतेभित्र नवीकरण गर्न योग्य सदस्यका आवश्यक विवरण पठाउन मातहतका समितिलाई निर्देशन दिइएको छ ।
पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही उम्मेदवार बनेका वा त्यस्तो विद्रोही उम्मेदवारको प्रस्तावक समर्थक बनेका, पार्टी अनुशासनको कारवाहीमा परेका, पार्टी परित्याग गरेका र निधन भएकाको भने नवीकरण नहुने समिति सचिव केशव रिजालले जानकारी दिए ।
समितिले क्रियाशील सदस्यता नवीकरण गर्न छुट भएको भए, नवीकरण गर्नुपर्ने सदस्यको नामावली विवरण र शुल्कसमेत समितिमा असार ९ गतेभित्र पठाउन सबै जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ/ नगर पालिका कार्यसमिति र वडा कार्यसमितिलाई अनुरोध गरेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend