काठमाडाैं । बिहीबार थप २ हजार ६०७ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो । पछिल्लो २४ घण्टामा ७ हजार ७ सय ११ जनामा पिसिआर परीक्षण गरिएकोमा १७६८ पोजेटिभ देखिएको थियो भने ४७७३ को एन्टिजेन परीक्षण गरिएकोमा ८३९ मा पोजेटिभ देखिएको थियो ।
देशभर पछिल्लो २४ घण्टामा २ हजार १४१ जना कोरोनाबाट निको भएका छन् ।
त्यस्तै ३९ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ । यीसहित हालसम्म कोरोनाबाट ८ हजार ५९७ जनाको मृत्यु भएको छ ।