Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विपद् प्रतिकार्ययोजना पारित, उद्धार तथा व्यवस्थापनमा सबै मन्त्रालय परिचालित हुने


    बुधबार, असार २ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले मनसुनबाट हुने विपद्का लागि सबै मन्त्रालय परिचालित गरेर उद्धार, राहत तथा व्यवस्थापनको कामलाई प्रभावकारी बनाउने भएको छ ।

    गृहमन्त्री खगराज अधिकारीको नेतृत्वमा बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बुधबारको बैठकले विपद् प्रतिकार्ययोजनालाई पारित गरेको हाे ।

    बैठकमा मंगलबार सिन्धुपाल्चोक, मनाङलगायत जिल्लाहरुमा बाढीले पुर्याएकाे क्षतिका बारेमा घनिभूत छलफल भएसँगै तत्काल प्रभावित जिल्लाहरुमा उद्धारका लागि सबैलाई संचालन गर्ने भन्ने निर्णय भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरणका प्रवक्ता सहसचिव विश्व प्रकाश अर्यालले जानकारी दिए ।

    आज पारित गरिएको कार्ययोजनामा केही संशोधन गर्नु पर्ने र सबैले दिएको सुझावसहित पुनः सम्पादन गरेर प्रकाशनमा ल्याउने प्रवक्ता अर्यालले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार