लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर ७ का ९ जना स्थानीयलाई उद्धार गरिएको छ ।
मंगलबार खेत रोपाइँ गर्न गएका उनीहरू मिदिम खोलामा बाढी आएपछि बीचमै रोकिएका थिए । उनीहरूलाई बुधबार बिहान उद्धार गरिएको मेयर रमेशकुमार पाण्डेले जानकारी दिए ।
खोलाको बीच भागमा फसेका उनीहरूको उद्धारका लागि हेलिकप्टरलाई बोलाइए पनि खराब मौसमले जान सकेको थिएन।
मेयर पाण्डेका अनुसार आज बिहान मिदिम खोलालाई डोजर लगाएर विभिन्न भंगालोमा पानी पठाएर स्थानीय ९ जनालाईउद्धार गरिएको हो।