Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नवलपरासीको गैडाकोटमा ४० घर डुबानमा


    बुधबार, असार २ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नवलपरासी । अविरल वर्षाका कारण नवलपरासीको गैडाकोटमा ४० घर डुबेका छन् । नारायणी नदीमा आएको बाढी छेउमा रहेका गैँडाकोटका गाउँमा पसेपछि घरहरु डुबेका हुन् । 

    अहिलेसम्म नवलपरासीमा रहेका ४० घर डुबानमा परेको बताइएको छ । गैँडाकोट २ को बोटे टोल डुवानमा परेपछि त्यस क्षेत्रका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ । 

    प्रहरीका अनुसार डुबानमा परेपछि त्यहाँका स्थानीयलाई नजिकैको अक्सफोर्ड कलेजको भवनमा सारिएको जनाइएको छ । यस्तै बाढीले कावासोती १५ अमलटारी क्षेत्रमा रहेका रिसोर्टहरु पनि डुबेका छन् । 

    अहिले नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १० दशमलव ४६ मिटर पुगेको थियो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार