काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाढी-पहिरो प्रभावितहरुको सेवामा जुट्न सरकारसँग आग्रह गरेका छन् ।
प्रचण्डले बुधबार बिहान टेलिफोन गरी अर्थमन्त्री विष्णु पौडेललाई राहत र उद्धारका लागि तत्काल बजेट निकास गर्न आग्रह गरेको उनका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले बताए ।
‘जवाफमा अर्थमन्त्रीले आफू तदाकरुकताको साथ लागिरहेको बताउनुभएको छ’, उनले भने।
दुई दिनदेखि आइरहेको बाढी पहिरोले देशभरका विभिन्न स्थानमा क्षति पुर्याएको छ।
उनले पार्टीका नेता तथा कार्यकर्तालाई उद्धार र राहतमा जुट्न पनि आग्रह गरेका छन्। बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई राहत दिन तथा घाइतेलाई नि:शुल्क उपचार गर्न प्रचण्डले माग गरेका छन्।