Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाढीपहिरो पीडितको उद्धारमा परिचालित हुन कार्यकर्तालाई प्रचण्डको निर्देशन


    बुधबार, असार २ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाढी-पहिरो प्रभावितहरुको सेवामा जुट्न पार्टीका नेता-कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

    प्रचण्डले बुधबार बिहान टेलिफोन गरी स्थानीय सरकार, जिल्ला प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा परिचालित हुन निर्देशन दिएकाे स्राेतले बताएकाे छ ।

    स्राेतका अनुसार अध्यक्ष प्रचण्डले सरकारलाई पनि बाढी पहिरो प्रभावितहरुको उद्धार तथा राहतलाई तीव्रता दिन आग्रह गरेका छन् ।

    केही दिनयताको अविरल वर्षाका कारण सिन्धुपाल्चोकसहित गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाहरुमा बढी क्षति पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार