काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल समूहबीचको जुंगाको लडाइँले एमाले फुटको संघारबाट हिँडिरहेको समयमा पछिल्लो केही दिनयता भने नेपाल समूहको माग पूरा गरेर भए पनि एमालेको एकताका लागि ओली क्रियाशील रहेको नेताहरुले जानकारी दिएका छन् ।
गत २३ फागुनमा सर्वाेच्च अदालतको आदेशपछि साविक नेकपाका बेला प्रचण्ड समूहका रहेका नेपाल समूह एमालेको मूल प्रवाहमा सामेल हुन सकेको छैन । नेपाल समूहले अध्यक्ष ओलीले आफूहरुलाई बाइपास गरेर मनलाग्दी निर्णय गरेको आरोप लगाउँदै आएको छ ।
नेपाल समूहले अदालतको आदेशअनुसार अब पार्टी माओवादीसँग एकता हुनु अघि २०७५ जेठ ३ गते अघिको अवस्था फर्कनु पर्ने अर्थात नवौँ महाधिवेशनले निर्वाचित र चयन गरेका समितिहरुलाई सक्रिय बनाउनु पर्ने माग गर्दै आएको छ ।
यता संस्थापन पक्ष अब पार्टी निकै अघि बढिसकेको भन्दै नेपाल समूहको माग पूरा गर्न नसक्ने अडान लिँदै आएको छ । तर, यही टकरावले गण्डकी सरकारबाट हात धुनु परेको एमालेका प्रदेशमा दुई समूह मिल्न थालेका छन् । जसको दबाब केन्द्रीय नेतृत्वमा परेको छ ।
सोही क्रममा अध्यक्ष ओलीले नेपाल समूहका नेताहरुलाई समेटेर नवौँ महाधिवेशनबाट निर्वाचित स्थायी कमिटीको बैठक बोलाउने तयारी गरिरहेका छन् । पार्टी एकताको पक्षमा रहेको दुवै समूहका युवा नेताहरु अनौपचारिक वार्तामा रहेका छन् ।
दुवै समूहको सहमतिमा बैठकको मिति र स्थान तोक्ने गरी अहिले छलफल भइरहेको एमाले स्रोतले जानकारी दिएको छ । नेपाल समूह बैठकमा सहभागी हुने र नहुने दुवै मत देखिएको छ ।
नेपाल समूहको एक पक्ष पार्टी २०७५ जेठ २ मा नफर्किएसम्म बैठकमा सहभागी नहुने पक्षमा देखिन्छन् भने अर्काे पक्ष भने अदालतले नै जेठ २ को अवस्थामा फर्काइसकेकाले अब बैठक सहभागी भएर आफ्ना कुरा राख्नुपर्ने अडानमा रहेको छ ।
तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नेपाल समूहलाई बैठकमा सहभागी गराएर पार्टी एकता गर्नुपर्ने पक्षमा रहँदै सोहीअनुसार आफूनिकटका नेताहरुलाई छलफलमा सहभागी गराइरहेका छन् ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend