Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिन्धुपाल्चोकमा बाढीका कारण ७ जनाको मृत्यु, हेलिकप्टरमार्फत् खोज तथा उद्धार जारी


    बुधबार, असार २ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिन्धुपाल्चोक। जिल्लाको हेलम्बुमा बाढीका कारण  ७ जनाको मृत्यु भएको छ ।

    निरन्तर वर्षापछि आएको बाढीले हेलम्बु गाउँपालिकाभर ७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले जानकारी दिए । मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन ।

    हेलम्बुमा घर, टहरा, फार्म, पुललगायतका संरचना बाढीले बगाएको छ । पानीको बहाब नघटेकाले क्षतिको विवरण यकिन हुन सकेको छैन । बाढीले मेलम्ची बजारमा हालसम्म मानविय क्षति नभएको सीडीओ पोखरेलले बताए ।

    यस्तै, मेलम्चीमा आएको बाढीका कारण डुबानमा परेका बासिन्दाका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको छ ।

    घरको क्षतमा रहेका व्यक्तिलाई हेलिकप्टरद्वारा उद्धारको प्रयास भइरहेको नेपाली सेनाले जनाएको छ । वर्षासँगै आएको बाढीका कारण मेलम्ची बजार डुबानमा परेको छ । केही घर भत्किएका छन् भने कम्तीमा पाँच पुल बगाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार