सिन्धुपाल्चोक। जिल्लाका अधिकांश ठाउँहरुमा मनसुन सुरु भएसगै प्राकृतिक बिपत्ति आइलागेको छ।
केहीदिन यतादेखिको लगातारको वर्षाका कारण अधिकांश ठाउँहरुमा बाढी पहिरोले बितण्डा मच्च्याउँदा प्राकृतिक बिपत्ति आइलागेको हो।
स्थानीय बासिन्दाका अनुसार मंगलबार साँझदेखिको बाढीले मेलम्ची बजार र हेलम्बु क्षेत्रमा क्षत गरेको छ भने मेलम्ची खानेपानीको ड्यामदेखि तल्लो भेगका सबै क्षेत्र प्रभावित भएको बताएका छन्।
यस्तै,मेलम्ची आयोजनाका कर्मचारी बस्ने क्याम्पमा बाढी पस्दा ४ दर्जन भन्दाबढी मजदुर बेपत्ता भएको आशंका समेत गरिएको छ। यद्यपि क्षतिको विवरण प्राप्त भने हुन सकेको छैन ।
यसैगरी जिल्लामै बाढीले हेलम्बु र मेलम्चीमा धेरै घरहरु बगाएको छ भने मेलम्ची बजार अहिले पनि जोखिममा रहेको स्थानीयबासी बताउछन्।