Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दीपक मनाङेलाई कारवाही गर्न राखेपको माग


    मंगलबार, असार १ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की। राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधारमन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई कारवाहीको माग गरेको छ ।

    आइतबार राखेपले एक विज्ञप्ति जारी गर्दै प्रदेशमन्त्री मनाङेले राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र   सदस्य राजेश गुरुङका विषयमा अमर्यादित तथा अशोभनीय र  लाञ्छनायुक्त एवं निन्दनीय अभिव्यक्ति दिएको जनाई कारवाहीको माग गरेको हो । 

     खेलकूदको विकास र विस्तारमा अनवरत परिषद्का सदस्य सचिव सिलवाल र सदस्य मनाङेबारे मन्त्री गुरुङको अभिव्यक्तिले सम्पूर्ण खेल जगत्को अपमान भएको राखेपका निमित्त सदस्य सचिव पुरेन्द्रविक्रम लाखेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

     समाजले पचाउन नसक्ने खालका अभिव्यक्ति एउटा जनप्रतिनिधि तथा मन्त्रीबाट बाहिर आउनु  खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार