Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस सांसद वैद्यलाई तत्काल गिरफ्तार गर्न गृहमन्त्रीसँग माग


    सोमबार, जेष्ठ ३१ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको विभिन्न जनसंगठन र सामुदायिक संगठनका प्रतिनिधिले सोमबार गृहमन्त्री खगराज अधिकारीलाई भेटेर नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई तत्काल गिरफ्तार गर्न माग गरेको छ । 

    उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिएकाे भन्दै वैद्ययको अभिव्यक्तिप्रति फौजदारी कानुन समेत आकर्षित हुने भएकाले उनलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् । 

    गत शुक्रबार वाग्मती प्रदेशसभामा कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिएका थिए । आफ्नो अभिव्यक्तिको विरोध भएपछि उनले प्रदेशसभामा माफी मागेका थिए ।

    अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल खेलकुद महासंघ, राष्ट्रिय युवा संघ नेपाल, मुस्लिम इत्तेहाद संगठन, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, पेशागत महासंघ र नेपाल ट्रेड युनियन महासंघ जिफन्टका प्रतिनिधिले सोमबार गृहमन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

    ‘कांग्रेस हत्या हिंसामा विश्वास नगर्ने पार्टी हो भने र संसदीय मूल्य मान्यता र संसदको गरिमा कायम राख्न निज वैद्यलाई अविलम्ब सांसद पदबाट हटाउन माग गर्दछौं’ उनीहरुको ज्ञापनपत्रमा भनिएको छ ।

    एमालेका भातृ संगठन तथा पेशागत संगठनका प्रतिनिधिले प्रदेशसभामा आपत्तिजनक अभिव्यक्ति दिँदा सांसदहरुले विरोध नगर्नु खेदजन्य विषय भएको बताएका छन् ।

    हेर्नुहोस् ज्ञापनपत्र

    home-minister.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार