Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेप्से परिसूचक तीन हजार नजिक, साढे १९ अर्ब भन्दा बढीको कारोबार


    आइतबार, जेष्ठ ३० २०७८
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । साताको पहिलो दिन आइतबार एकै दिन शेयर बजारमा डबल कीर्तिमान कायम भएको छ । आइतबार परिसूचक नेप्से र कारोबार रकममा नयाँ कीर्तिमान कायम भएको हो ।

    यस दिन नेप्से परिसूचक ३८ दशमलव ३२ अंकले बढेको छ। यो सँगै परिसूचक २९ सय ८३ दशमलव ११ विन्दुमा पुगेको छ। यो हालसम्म नेप्सेको सर्वाधिक उच्च विन्दु हो। यसअघि जेठ २५ गते मंगलबार नेप्से परिसूचक २९ सय ६० दशमलव १४ विन्दुमा पुगेको थियो ।

    यस्तै आइतबार कारोबार पनि हालसम्मकै बढी १९ अर्ब ५५ करोड नाघेको छ। यस दिन कुल २२० कम्पनीका ३ करोड ७० लाख ७६ हजार ४ सय ३९ कित्ता सेयर खरिद बिक्री हुँदा सो रकमको कारोबार भएको हो ।

    यस दिन ५ वटा कम्पनीको मूल्य सर्किट लेभलमा कारोबार भएको छ। श्री इन्भेस्टमेन्ट फाइन्यान्स, समृद्धि फाइन्यान्स, आइसीएफसी फाइन्यान्स, कर्णाली डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको कीर्तिमान मूल्य सर्किट लेभलमा कारोबार भएको हो ।

    यस दिन सबैभन्दा धेरै गुमाउनेमा नेपाल इन्सोरेन्स कम्पनीका लगानीकर्ता रहेका छन। उक्त कम्पनीको शेयर ४ दशमलव १५ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार