काठमाडौँ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार सरकारी निवास छोड्नु अघि प्रतिपक्षी दलको नेताका रुपमा आफूले सकारात्मक सहयोग गर्न प्रतिवद्ध व्यक्त गरेका छन् ।
गुरुङले आइतबार सरकारी निवास छोड्नु अघि गरेको पत्रकार सम्मेलनमा संघीयताको सही अर्थ जनता सामु प्रस्तुत गर्नका लागि स्थिर सरकारको खाँचो रहेको र त्यसका लागि सबै राजनीतिक दल तथा नेताहरुले आफ्ना प्रवृत्ति सुधार गर्नु पर्ने बताए ।
आफूले प्रदेशसभा विघटनको कुरा नगरेको दाबी गर्दै गुरुङले राजनीतिक स्थिरताका लागि सबै पक्षमा सुधारको खाँचो रहेको बताए । उनले कसैले भनेर आफ्नो निष्ठामा सम्झौता नगर्ने पनि बताए ।
पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘केपी ओलीले भनेर आफ्नो निष्ठा त्याग्ने मानिस होइन म । तर अहिलेको अवस्थाका लागि उहाँ एक्लैलाई मात्र दोषी देखाउनु पनि उपयुक्त होइन । प्रधानमन्त्री तथा ठूलो दलको नेताको नाताले एउटा पात्र उहाँ पनि हुनुहुन्छ । तर अरु नेता, प्रमुख प्रतिपक्षी दलको भूमिका पनि त छ । विभाजनको रोग सबै दलमा देखिएको छ र यसले स्थिर राजनीतिलाई चुनौति दिएको छ ।’
गठबन्धन सरकारको भविष्य लामो नहुने विगतका उदाहरणले देखाएकाे बताउदै उनले भने, यो सरकार राम्रोसँग चलोस्, लामो समय चलोस् ।उनले थपे ,अझ यो सरकार त पदका लागि पूर्व, पश्चिम उत्तर, दक्षिणका दल मिलेर बनेको गठबन्धनको भरमा छ। केही तलमाथि हुने बित्तिकै झगडा हुन्छ । त्यसैले अहिले गठबन्धन लामो टिक्ने खालको लाग्दैन, तर लामो समय चलोस् भन्ने चाहना छ।’
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend