Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • ओलीको स्वास्थ्यबारे मनाङेको छुद्र टिप्पणी – ‘दुईवटै किड्नी नभएको मान्छेकाे न वर्तमान छ, न भविष्य !’


    आइतबार, जेष्ठ ३० २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की । गण्डकी प्रदेश सभाका स्वतन्त्र सांसद दीपक मनाङेले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसँग जोडेर छुद्र टिप्पणी गरेको भिडियो सार्वजनिक भएको छ।

    मनाङेले हिजो विनाविभागीय मन्त्रीको सपथ खानुअघि उनले प्रधानमन्त्री ओलीको स्वास्थ्यसँग जोडेर छुद्र टिप्पणी गरेका हुन् ।

    शनिबार नयाँ सरकार गठनमा आलटाल गरेको भन्दै कांग्रेस नेतृत्वमा प्रदेश प्रमुख निवासअघि विपक्षीहरु धर्ना बसेका बेला मनाङेले भने, ‘केपी ओलीको न वर्तमान छ, न भविष्य छ । तर, यसको पछि लाग्ने मान्छेहरुको बुद्धि छैन रैछ क्या । दुई वटै किड्नी नभएको मान्छे हो । अरुको त किड्नी छ नि यार । वुद्धि भए छिटो उसको साथ छोड्दा राम्रो हुन्छ । म त टाइममै छोडेर बचेँ ।’ भन्दै छुद्र टिप्पणी गरेका छन्।

    यसअघि मनाङे एमाले नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिए । 


    ♬ original sound – Shiva Dahal
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार