Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • लोकतन्त्र र गणतन्त्र दुवै स्वीकारे मनाङेले


    आइतबार, जेष्ठ ३० २०७८
    1.3K
    Shares
  • ३ मिनेट पाठ
  • निर्मल बाबु लामिछाने / कास्की । गत बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभामा विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेपछि विपक्षी गठबन्धनले शुक्रबार नै दाबी पेस गरेका थिए। 

    गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र जनमोर्चा सम्मिलित बहुमत सांसदको दाबीसहित प्रदेश प्रमुखको कार्यालयमा गएका थिए।  गठबन्धनले काँग्रेसका १५, माओवादी केन्द्रका ११, जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद  दीपक मनाङे गरी कुल ३१ जना सांसदको हस्ताक्षरसहित दाबी पेस गरेपनि प्रदेश प्रमुख पौडेलले शुक्रबार शनिबार सनाखत गर्ने भन्दै भाका सारेकी थिइन्।

    प्रदेश प्रमुखको सो कारण कतिपयले गण्डकीमा पनि केन्द्रकै जस्तो समस्या दोहोरिने अनुमान लगाएका थिए। तर, अन्तत कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री नियुक्त भए।  

    नेपालीलाई मुख्यमन्त्री बनाउन र गुरुङ नेतृत्वको सरकार ढाल्न निर्णायक शक्ति बनेका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको चर्चा भने यतिबेला चारैतिर भएको छ। 

    बिहीबारको मतदानमा उनी गुप्तबास बसेर विपक्षी गठबन्धनलाई समर्थन गरेकै कारण मुख्यमन्त्री गुरुङको सरकार ढलेको थियो ।

    यसअघि गुरुङ नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका मनाङे नेपाली नेतृत्वको सरकारमा पनि उही मन्त्रालयको सपथ ग्रहण गरिसकेका छन्। करिब एक महिनाको अवधिमा मनाङेले तीन चोटी एउटै पदमा सपथ लिए, यो उनको सफलता मान्ने की सरकारको असफलता ? तर, गण्डकीमा उनको महत्व अहिलेका राजनीतिक दलहरुले निकै बुझिसकेको देखिन्छ। 

    कुनै बेलाका गुण्डा नाइके अर्थात् चर्चित डन मनाङे अहिले मन्त्री छन्, कसको नेतृत्वमा मन्त्री बन्ने र कसको नेतृत्वमा हट्ने आफ्नै हातमा भएको उनलाई लोकतन्त्र दशैँ आए झैँ भएको छ। 

    यसैबीच, बरिष्ठ लेखक तथा बृहत् नागरिक समाजका अगुवा खगेन्द्र संग्रौलाले सामाजिक संजालमा मनाङे सत्तापक्ष र बिपक्षी गठबन्धनको इष्टदेब भगवान रहेको टिप्पणी गरेका छन्। 

    गुरुङ नेतृत्वलाई बचाउने पनि मनाङे, विपक्षीलाई टेकाे दिएर सत्तामा उकाल्ने पनि मनाङे ! महान् डन मनाङे पुजनीय इष्टदेव रहेछन्! उनले ट्वीट गरेका छन्। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार