काठमाडौँ। शुक्रबार बाग्मती प्रदेश सभाको बैठकमा एक अप्रत्यासित शब्द सुनियो । जुन शब्द नेपालको राजनीतिक इतिहासदेखि अहिलेसम्म कहीं कतै पनि सुनिएको थिएन । त्यो शब्द हो ‘नाथुराम गोड्से बन्न तयार हुनुपर्ने’, नाथुराम गोड्से त्यो व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए।
यसैबिषयमा कांग्रेस नेता नरोत्तम बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीले देश खान लागेकोले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफै बन्न तयार हुने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भएपछि उनले शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर आवेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचनासहित सो अभिव्यक्ति फिर्ता लिएको भन्दै माफी मागीसकेका छन् ।
यद्यपि नेता बैद्यलाई फौजदारी कसुरमा दण्ड दिनुपर्ने माग गरेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने पुन सामाजिक सञ्जालमा बैद्यको माफीलाई बिचराको संज्ञा दिँदै अन्तत: दुई दिनमै गाेडसेकाे भुत उत्रिएको प्रतिकृया दिएका छन्।
शनिबार राति नेता थापाले कांग्रेसको बैद्यलाई माफी माग्न आग्रह गरिएको विज्ञप्ति, एमालेको फौजदारी कसुरसम्बन्धी दण्डको विज्ञप्ति र नेता बैद्यको माफी विज्ञप्तिलाई संयुक्त रुपमा शेयर गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।
अन्तत: दुई दिनमा गाेडसेकाे भुत उत्रिएपछि …
विचरा… ! pic.twitter.com/rrWwhFkycC— Surya Thapa (@ThapajiSurya) June 12, 2021
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend