Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • कांग्रेस महाधिबेशन भदौं १६ देखि


    आइतबार, जेष्ठ ३० २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ ।

    पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको हो ।

    यसअघि ७ भदौदेखि गर्ने गरी महाधिवेशनको मिति तोकिएको थियो । कांग्रेसले यो प्रस्तावलाई अब केन्द्रीय समितिमा लैजाने भएको छ । बैठकले असार २० गतेसम्म क्रियाशील सदस्यताको छानविन गरेर टुंग्याउने निर्णय पनि गरेको छ ।

    यसैगरी, असार २४ गतेसम्म क्रियाशील सदस्यता सार्वजनिक गरिने भएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार