Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • गण्डकी प्रदेश: मुख्यमन्त्री पोखरेलसहित ४ जना मन्त्रीले लिए सपथ


    शनिबार, जेष्ठ २९ २०७८
    970
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पोखरा । गण्डकी प्रदेशको नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित अन्य ४ जना मन्त्रीलाई शनिबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ खुवाएकी छन् । 

    मन्त्रीमा काँग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले सपथ लिएका हुन् । 

    मुख्यमन्त्री पोखरेलले यही असार १ गतेभित्र बजेट ल्याउनु पर्ने बाध्यकारी कानुनी व्यवस्थाका कारण तत्काललाई सानो मन्त्रिमण्डल बनाएको बुझिएको छ । उनी आफूलाई समर्थन गर्ने दलबाट एक–एक जनालाई मन्त्री बनाएर बजेट ल्याउने गरी अगाडी बढेका हुन् ।।  

    वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेष्ठ २७ गतेसंसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय राखेर दाबी पेस गर्न आग्रह गरेकी थिइन् ।

    त्यही अनुसार शुक्रबार ५ बजे नै विपक्षी गठबन्धनका ३१ जना सांसद सशरीर उपस्थित भएर प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार