Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओलीलाई खुलेआम हत्या गर्ने धम्की !


    शनिबार, जेष्ठ २९ २०७८
    1.8K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् ।

    शुक्रबार बाग्मती प्रदेश सभाको बैठकमा कांग्रेस नेता नरोत्तम बैद्यले प्रधानमन्त्री ओलीले देश खान लागेकोले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफै बन्न तयार रहेको बताएका हुन् ।

    वैद्यले १९४८ जनवरी ३० मा महात्मा गान्धीको हत्या नाथुराम गोड्सेले गरेको उदाहारण दिँदै केपी ओलीका लागि आफू नाथुराम गोट्से बन्न तयार रहेको अभिव्यक्ति दिएका हुन् । 

    उनले राजेन्द्र महतोसहितका नेतालाई मन्त्रिपरिषद् समेटेकोमा आपत्ति जनाउँदै आफू गोड्से बन्न तयार रहेको बताएका थिए ।

    उनको सो अभिव्क्तिलाई लिएर एमालेका नेताले मात्रै नभइ कांग्रेसले समेत आपत्ति जनाउँदै सांसद वैद्यलाई आत्मआलोचना गर्न भनेको छ भने एमालेका नेताले तुरुन्त पक्राउ गरेर कारवाही गर्न माग गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार