Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गण्डकीमा नयाँ सरकारको टुंगो आज, मनाङेको साथ पाएका कृष्णचन्द्र मुख्यमन्त्री बन्ने पक्का !


    शनिबार, जेष्ठ २९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कास्की। गण्डकी प्रदेशमा मुख्यमन्त्रीको टुंगो आज हुने भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले  बिपक्षी गठबन्धनको बहुमत सांसदसहितको हस्ताक्षर बुझेपछि पनि आजलाई भाका सारेपछि मुख्यमन्त्रीको टुंगो आज हुने भएको हो।  

    शुक्रबार साँझ प्रदेश प्रमुख पौडेल समक्ष विपक्षी गठबन्धन अन्तर्गत नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा प्रदेश प्रमुखको निवासमा सशरीर उपस्थित भएर ३१ जना सांसदले हस्ताक्षर बुझाएका थिए ।

    प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमतको आधार प्रस्तुत गर्न आह्वान गरेपछि नेता नेपाली बहुमत सांसद सहित पुगेका हुन् ।

    बिहीबार मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विश्वासको मत नपाएपछि प्रदेश प्रमुखले वैकल्पिक सरकार गठन आह्वान गरेकी थिइन् । गुरुङलाई मत दिन अनुपस्थित रहेका स्वतन्त्र सांसद दीपक मनाङे पनि विपक्षी गठबन्धनका साथ प्रदेश प्रमुख निवास पुगेका थिए ।

    हस्ताक्षरसहितको पत्र बुझाउदै नेपालीले प्रदेश प्रमुखलाई सजिलो होस् भनेर सशरीर उपस्थित भएकोले छिटै सनाखत गर्न आग्रह गरेका थिए । तर,  उनको आग्रहमा प्रदेश प्रमुख पौडेलले ‘सनाखत भोलि गरौंला’ भन्ने जवाफ दिइन् । भनिन्, ‘ठीक छ यहाँहरूले ल्याउनुभएको छ । आज भइहाल्यो, प्रक्रिया पुगे नपुगेको भोलि हेरौंला ।’

    नेपालीलाई कांग्रेस, नेकपा माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । ६० सदस्यीय प्रदेश सभामा ३१ सांसदको समर्थन पाएका नेपाली मुख्यमन्त्री बन्ने प्राय: निश्चित छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार