हेटौँडा। नेपाली काँग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले बाग्मती प्रदेश सभामा दिएको अभिव्यक्तिले उनको चौतर्फी बिरोध हुँदै छिटो भन्दा छिटो माफी माग्नु पर्ने आलोचना भइरहको छ।
शुक्रबार प्रदेश सभाको बैठकमा बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीले देश खान लागेकोले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफै बन्न तयार हुने अभिव्यक्ति दिएका थिए । नाथुराम गोड्से जसले भारतमा महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए ।
उनको सो अभिव्क्तिलाई लिएर एमालेका नेताले मात्रै नभइ कांग्रेसले समेत आपत्ति जनाउँदै सांसद वैद्यलाई आत्मआलोचना गर्न भनेको छ भने एमालेका नेताले तुरुन्त पक्राउ गरेर कारवाही गर्न माग गरेका छन् ।
उनको सो अभिव्यक्तिपछि शुक्रबार राती कडा प्रतिक्रिया जनाउँदै एमालेका नेताहरुले महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? भन्दै सामाजिक सञ्जालमा प्रश्न गरेका छन् ।
नेता महेश बस्नेतले भनेका छन्–‘अन्यथा जनताको आक्रोश प्रकट भएर यस्ता व्यक्तिलाई सडकमै प्रतिरोध गर्न सक्छन् । त्यस्तो अप्रिय घटना घट्नुभन्दा अगाडी सरकार सचेत हुनुपर्दछ । केपी ओलीलाई मार्ने योजना बनाइरहँदा याद गर उहाँको लागि मर्न र मार्न तयार भएका हजारौँ समर्थक र शुभचिन्तक आफ्नो ज्यान दिन तयार छन् ।’
यस्तै, एमालेका अर्का नेता योगेश भट्टराईले पनि समाजिक संजालमा उक्त अभिव्यक्तिको बिरोध गर्दै बैधले दशवटा तर्क नगरि खुरुक्क माफ माग्नु नै बेस हुने बताएका छन्।
उनले लेखेका छन्, ‘बागमती प्रदेशसभा सदस्य नरोत्तमजीले दशवटा तर्क नगरि खुरुक्क माफ माग्नु नै बेस हुन्छ ।’
यसैगरी अर्का एमालेका नेता बिष्णु रिजाल लेख्छन्, ‘कांग्रेस सांसद नरोत्तम बैद्यलेले वागमती प्रदेशसभाको रोस्टममा उभिएर प्रधानमन्त्री केपी ओलीलाई मार्नका लागि अरुलाई पनि उक्साउँदै आफू महात्मा गान्धीलाई मार्ने नाथुराम गोड्से जस्तै ओलीलाई मार्न तयार रहेको हुने घोषणा गरेछन् । ‘मान्छे मार्छु’ भन्ने सर्वसाधरणका हकमा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चल्छ । प्रदेशसभा सदस्यका हकमा फरक कानुन छ र ? आधिकारिक ठाउँमा अभिलेखमा रहेका यस्ता हिस्रक अभिव्यक्ति फिर्ता लिएर मात्र हुँदैन ।
कस्तो मानसिकता ! कस्तो राजनीति ! कस्ता प्रतिनिधि !’
यस्तै, वैद्यको सो अभिव्यक्तिपछि उनका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार राति आफ्नो भनाइ सार्वजनिक गर्दै उनलाई आत्मआलोचना गर्न निर्देशन दिएका छन् ।
उनले भनेका छन्, ‘सडकमापनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न । आवेगको बोली र व्यवहार भावनात्मक उत्तेजनाझ भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिइ आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन ।’
सडकमापनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न ! आवेगको बोलि र ब्यवहार `भावनात्मक उत्तेजना´ भनेर उन्मुक्ति हुन्न l शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ l तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन !
अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइनl
— Bishwa Prakash शर्मा (@bishwaprakash77) June 11, 2021
काठमाडौँ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका छन्...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend