Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • गण्डकीमा विपक्षी गठबन्धनले सरकार गठनका लागि आजै दाबी पेस गर्ने


    शुक्रबार, जेष्ठ २८ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । गण्डकी प्रदेशका विपक्षी गठवन्धनले सरकारको दाबी गर्न आजै प्रदेश प्रमुखको कार्यालय जाने तयारी गरेका छन् ।

    बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभामा विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेसँगै विपक्षी गठबन्धनले आजै दाबी पेस गर्ने भएको हाे । 

    नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा सम्मिलित गठबन्धनका बहुमत सांसद शशरीर शुक्रबार अपरान्ह ५ बजेपछि प्रदेश प्रमुखको कार्यालय जाने स्राेतले जानकारी दिएकाे छ । 

    स्राेतका अनुसार काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको रुपमा प्रस्तावित गरेर दाबी पेस गर्न लागिएको हो । 

    आज दिउँसो मात्र प्रदेश प्रमुख पौडेलले २४ घण्टाभित्र समयसीमा दिए संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी थिइन् ।  उपधारा ५ मा कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

    काँग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद दिपक मनाङे गरी कुल ३१ सांसद हस्ताक्षरसहित दाबी पेस गरिँदैछ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार