Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • सभामुख सापकोटा र शीर्ष नेताबीच छलफल सुरु, ओली अनुपस्थित, खनालकाे भर्चुअल सहभागिता


    शुक्रबार, जेष्ठ २८ २०७८
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा नयाँ बानेश्वरमा बोलाएको सर्वदलीय बैठक सुरू भएको छ।

    संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा सुरु भएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, संघीय समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय कमिटी अध्यक्ष उपेन्द्र यादव, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललगायत नेता सहभागी छन् ।

    पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल भने अनलाइन माध्यमबाट सहभागी हुने सभामुखको सचिवालयले जनाएको छ ।

    सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा पठाए पनि उनी सहभागी भएनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार