दाङ । जिल्लाको तुलसीपुर क्षेत्रस्थित टिकरीमा गोली चलेकाे छ ।
आज दिउँसो दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ मा गोली चलेको हो। कुलो मर्मतको विषयमा बिबाद हुँदा गोली चलेको हो ।
गोली चलाएको आरोपमा पूर्ण वली पक्राउ परेका छन् ।
सामान्य बिबादमा तर्साउन गोली चलाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङका एपसी गणेश लामाले बताए ।
‘सामान्य बिबादमा तर्साउन गोली चलाएको देखिन्छ। एक जना नियन्त्रणमा छ,’ उनले भने, ‘थप बुझ्दैछौं ।’
उनकाअनुसार एक राउण्ड गोली चलेको हो । गोली मानिसलाई लागेको भने छैन ।