Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिकित्सा शिक्षामा खेलाँची नगर्न विवेकशील साझाकाे चेतावनी


    शुक्रबार, जेष्ठ २८ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । विवेकशील साझा पार्टीले चिकित्सा शिक्षामा खेलाँची नगर्न सरकारलाई चेतावनी दिएकाे छ ।

    ऐनलाई कुल्चिँदै निजी कलेजलाई सम्बन्धन दिने प्रयास भइरहेको भन्दै विवेकशील साझाले सरकारलाई चेतावनी दिएकाे हाे ।

    स्वायत्त हुनुपर्ने चिकित्सा शिक्षा आयोगमाथि हस्तक्षेप गरी प्रधानमन्त्री केपी शर्मा ओलीले आयोग पदाधिकारीहरूलाई अवैध काम गर्न निरन्तर दबाब दिएको र त्यसका कारण आयोग नै धराशायी हुने अवस्थामा पुगेको भन्ने समाचारहरूले पार्टीलाई स्तब्ध बनाएको विवेकशील साझाले उल्लेख गरेको छ।

    ‘प्रधानमन्त्रीको यो सम्भावित कदम निकै गम्भीर छ। व्यक्ति विशेषका लागि मुलुकको कानुन कुल्चँदै र नियामक निकायहरूलाई धराशायी बनाउँदै जाने श्रृंखलाले कसैगरी थप निरन्तरता पाउनु हुँदैन। अन्यथा देश दण्डहीनता र अराजकताको थप सिकार बनी संस्थाहरू असफल हुनेछन्। जसको कारण अन्ततः देशनै असफल हुने दिशामा जाने छ,’ पार्टीका प्रवक्ता शरदराज पाठकले आज निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

    उनले कुनै अमुक मेडिकल कलेजले सम्बन्धन पाउने वा नपाउने भन्ने आफूहरूलाई सरोकारको विषय नै नभएको उल्लेख गरेका छन्।

    ‘जुनसुकै मेडिकल कलेज वा अस्पताल खुल्दा पनि देशको कानुनी व्यवस्था अनुकूल खुल्नुपर्छ, उक्त कलेज नीतिगत स्वार्थ र दलीय दाउपेचको सिकार हुनुहुँदैन भन्नेमा हामी स्पष्ट छौँ,’ उक्त विज्ञप्तिमा उल्लेख छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार