काठमाडौ । नेकपा एमालेका नेता महेश बस्नेत मन्त्री हुने चर्चामा थिए । तर आजको मन्त्रीमण्डल पुनर्गठनमा उनी पर्न सकेनन् ।
मन्त्री नियुक्ति नभएपछि बस्नेतले गुट फेर्ने धम्की दिएको भनी प्रचार भएकोमा उनले खण्डन गरेका छन् । उनले सामाजिक संजालमा आफु पार्टीको काममा सदाझै लागिरहने बताउदै भ्रममा नपर्न आग्रह गरेका छन् ।
उनले लेखेका छन्-
मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठुलो बिषय कहिले बनेन् । पार्टी निति , नेतृव र निर्देसन सदैब पालना गरेर अगाडि बडेको छु । परिभाषित काममा सदैब आफ्नो दक्षता देखाएको छु ।
पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाब र दबाब पर्ने गरी काम गरेको छु । अफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभर को एमाले कर्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको छु ।
पटक पटकको मन्त्री मण्डलको पुनरगठनमा मेरो नाम ब्यापक चर्चा हुने गर्दछ् । मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ् । हो, मेरो सफलतामा आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन ठान्छन ।
मेरो बिरोधि साथीहरुलाइ झन धेरै धन्यवाद छ । जस्को कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु । त्यो नै महिले सिकेको सिकाई हो र उपलब्धि पनि ! कतिपय मिडियाले मेरो नाम जोडेर म आक्रोसमा छु । गुटफेर्दैछु जस्ता समाचार लेखिरहेका छन् ।
तेस्तो भ्रममा नपरौ म जहाँछु तेही छु र म जे छु तेही छु । अझै जोस जाँगर र उर्जाका साथ लाग्नेछु । मेरो राजनैतिक जीवनमा बिकाश गर्न खोजेको नयाँ अभ्यास समय क्रममा थप पुष्टी हुनेछ् ।

काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend