Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मनाङ्गेले साथ नदिने भएपछि गण्डकी प्रदेश सरकार संकटमा 


    बिहिबार, जेष्ठ २७ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार विस्थापित हुने भएको छ । मुख्यमन्त्री गुरुङले नै एक महिनाअघि मन्त्री नियुक्त गरेका राजीव गुरुङ(दीपक मनाङ्गे)ले साथ नदिने भएपछि उनको सरकार संकटमा परेको छ । गण्डकी प्रदेश सरकार १ महिनाअघि नै संकटमा परिसकेको थियो । तर राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई मुख्यमन्त्री निकटस्थहरुले प्रलोभनमा पारेपछि उनी नक्कली बिरामी भएर अस्पतालमा भर्ना भएकाले जोगिन पुगेको थियो । दीपक मनाङ्गेलाई मन्त्री बनाएर सरकार टिकाएका गुरुङलाई उनैले धोका दिने संकेत गरिसकेका छन् ।

     आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रदेश सभा बैठकमा विश्वासको मत लिँदैछन् । तर आजै स्वतन्त्र सांसदसमेत रहेका गण्डकी प्रदेशका खेलकूद मन्त्री मनाङ्गेले विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरेका छन् । उनले मुख्यमन्त्री गुरुङले प्रदेशसभामा भंग गर्न लागेकाले विपक्षी गठबन्धनलाई साथ दिने संकेत गरेको बताएका छन् । जसले ३० सांसद पुर्याउँछ, उसैलाई साथ दिने उनको भनाइ सार्वजनिक भएको छ ।

    गण्डकीमा एमालेको वहुमत छैन । जनमोर्चाका थापा तटस्थ बस्दा र मनाङ्गेले साथ दिएको खण्डमा सरकार संकटबाट पार पाउने अवस्था छ । तर सरकारमै सहभागी स्वतन्त्र सांसद मनाङ्गेले अन्तिम समयमा गुरुङलाई साथ नदिने घोषणा गरेपछि एमालेको सरकार संकटमा परेको छ । मतदानको बेलासम्म मनाङ्गेको अडान कायमै रहे नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री हुनेछन् । मनाङ्गेले बहुमत पुर्याउनेलाई आफूले साथ दिने बताएका छन् ।

    ६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ३१ चाहिन्छ । नेपाली कांग्रेसलगायत विपक्षी दललाई बहुमत पुर्याउन १ सांसद आवश्यक छ । गुरूङले साथ दिने भएपछि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीका पक्षमा बहुमत जुट्ने सम्भावना बढेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार