काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताका पक्षमा द्रुत गतिमा काम गर्ने बताएका छन् ।
आज प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री भट्टले विश्वासको मत आउनुले नै सरकारले राम्रो काम गरेको स्पष्ट भएको बताउँदै जनअपेक्षा पूरा गर्ने जनाएका हुन् ।
उनले भने,‘‘लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गर्न विश्वासको मत प्राप्त भएको ठानेको छु ।’’ उनले आगामी दिनमा सबैलाई सँगै लिएर प्रदेशको विकास र समृद्धिका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री भट्टका पक्षमा माओवादी केन्द्रका १३ र नेकपा (एमाले) बाट निस्काशित नेता माधवकुमार नेपाल समूहका १७ गरी ३० सदस्यले मत दिएका थिए । प्र
देशमा १२ सदस्य रहेको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बैठकमा उपस्थित भएरपनि तटस्थामा रहेको थियो भने एमालेको संस्थापन पक्षका सात र जनता समाजवादी पार्टीका दुई सदस्यले विपक्षमा मतदान गरेका थिए ।
एमालेका प्रदेशसभा सदस्य लीलाधार भट्टले नियमावलीबमोजिम मुख्यमन्त्रीले सचिवालयमा प्रस्ताव प्रस्ताव दर्ता गराएको ४८ घण्टा नपुग्दै छलफल शुरु गरिएको भन्दै नियमापत्ति गरेका थियए । एमालेको स्थायी समितिको यही जेठ १० गतेको बैठकले सुुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । उक्त निर्णय विपरीत एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकको बहुमतले हाललाई समर्थन कायम राख्ने निर्णय गरेको थियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend